back
NMB ad

भत्ता बुझ्न जेष्ठ नागरिकलाई सधैं समस्या

Kumari bank ad

जाजरकोट । ७१ वर्षीया धनसरी थापा हरेक पटक सामाजिक सुरक्षा भत्ता बुझ्न नातिको सहरामा नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीस्थित बैंकमा पुग्छिन् । उनलाई घरबाट दल्ली पुग्न दुई दिन लाग्छ । टाढाको वस्तु राम्रोसँग देख्न नसक्ने धनसरी सुरक्षा भत्ता लिन जाँदा आउँदा नै असुरक्षा हुने बताउँछिन् ।

आउदा, जाँदा उनको बाटो खर्चमै करिब चार हजार जति सकिन्छ । यस पटक पनि आधाबाटो हिँडेरै आएको र आधाबाट गाडीमा आएको उनले बताइन । उनले भने, ‘घरघरमै भत्ता दिने व्यवस्था गरेको भए हुन्थ्यो । दुःख ज्यादै दिन्छन् । पहिला पहिला घरमै बुझाउँथे तर बीचमै आधा रकम आफूले खाएर हामीलाइ दिएको पनि थाहा पाऔँ, बैंकले नै घुम्ती सेवा लिएर भत्ता बुझाएको भए कति राम्रो हुन्थ्यो ।’

आइतबार विहान भत्ता लिन आएका जेष्ठ नागरिक, एकल महिलाहरूको काम सोमबार पनि पुरा भएन । मंगलबार पनि दिनभर लाग्ने बताएको वृद्धा कुमारी विकले बताइन । उनले भनिन्, ‘छिमेकी जिल्ला रुकुम पश्चिमको आठबीसकोटमा बैंकका कर्मचारी गाउँमै गएर भत्ता दिएका थिए, हामीलाई पनि त्यस्तै गरेको भए राम्रो हुने थियो । आउँदा, जाँदा धेरै दुःख पाइन्छ र पैसा पनि आधा खर्च भइहाल्छ । ’

नलगाडको वडा ११, १२ र १३ केन्द्रबाट सबैभन्दा टाढा छन् । डोल्पाको सीमानासँग जोडिएका यि वडामा बसोबास गर्ने सर्वसाधारणलाई पालिका मुकामसम्म आउन र जान दुई दिनभन्दा बढी लाग्छ । सम्बन्धित व्यक्तिबाहेक अरु आए बैंकले रकम भुक्तानी नगर्ने भएकाले आफै रकम लिन आउनु पर्ने हस्त कामीले बताए । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने यि ठाउँहरू दुर्गम मध्यमा पर्छन् । हरेक चार चार महिनामा सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ ।

नगरपालिकाबाट बितरण हुँदै आएको पोषण भत्ता समेत पुरा नपाएको उनीहरूले बताएका छन् । सधैं पाउनु पर्ने रकमभन्दा एक सय, दुई सय रुपैयाँ कम दिने गरेको उनीहरूको भनाइ छ । त्यस्तै पश्चिम जुनिचाँदे गाउँपालिकाका सर्वसाधारण समेत सदरमुकाम आएर भत्ता बुझ्ने गरेका छन् ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...