back
NMB ad

इजरायली सहरमा किन भए तीन सय मानिस निवस्त्र ?

Kumari bank ad

एजेन्सी । तीन सय मानिस निवस्त्र उभिएका छन् । तीमध्ये आधा महिला छन् । शरीरमा सेतो रंग दलिएको छ । एक जना फोटोग्राफर उनीहरूलाई विभिन्न पोज दिन लगाएर फरक फरक कोणबाट तस्विर खिच्न व्यस्त देखिन्छन् । यो हो इजरायली सहर अरदनजिकैको एउटा दुलर्भ दृश्य ।

आइतबार मध्यान्हमा इजरायली सहर अरदमा भेला भएका सबै स्वयंसेवकले निवस्त्र बनेर सेतो रंग दलेका थिए । उनीहरूको तस्विर खिच्न करिब तीन घन्टा लागेको थियो ।

उनीहरूको तस्विर अमेरिकी फोटोग्राफर स्पेन्सर टुनिकले खिचेका थिए । निवस्त्र मानिसलाई क्यामरामा कैद गर्न पाउँदा आफूलाई खुसी लागेको टुनिकको भनाइ छ । उनले सन् २०११ मा मृत सागरमा यस्तै सृजनाको तस्विर खिचेका थिए ।

एउटा कलात्मक सृजनामार्फत डुब्नै लागेको मृत सागरप्रति विश्व समुदायको ध्यान केन्द्रित गर्न इजरायलको पर्यटन मन्त्रालयको आयोजनामा उनीहरूलाई निवस्त्र पारिएको थियो । पछिल्लो दृश्यले मृत सागरको संरक्षणको महत्वलाई थप जोड दिने आयोजकको विश्वास छ ।

इजरायल र उसका छिमेकी देशले मृत सागरको पानीलाई कृषिका लागि डाइभर्ट गर्न थालेपछि पृथ्वीकै सवैभन्दा तल्लो बिन्दुमा पुगेको मृत सागर जोखिममा छ । निवस्त्र कला प्रदर्शनले इजरायल भ्रमण गर्ने आगुन्तकहरूलाई सो क्षेत्रले आकर्षित गर्ने पर्यटन मन्त्रालयको विश्वास छ । कोभिड महामारीपछि अन्तर्राष्ट्रिय पर्यटकलाई प्रतिबन्ध लगाएको इजरायलले पछिल्लो समय केही खुकुलो बनाएको छ ।

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १५:०३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...