काठमाडौं । आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबारका लागि मिति तोकेका छन् ।
आउँदो कात्तिक ३० गतेदेखि यी दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयले कात्तिक १४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।
अब आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेको हो । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक, वडा नम्बर १०, बनेपामा रहने छ ।
दुवै कम्पनी बिच गत चैत ९ गते प्राप्ति (एक्विजिशन)को अन्तिम सम्झौता भएको थियो ।
वि.सं.२०७८ कात्तिक १७ बुधवार १०:०३ मा प्रकाशित