back
NMB ad

आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइदैँ

Kumari bank ad

काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । आजै त्रयोदशी र चतुर्दशी परेकोले कुकुर तिहार पनि मनाइदैँ छ । आज बिहान ९ बजेर २२ मिनेटसम्म त्रयोदशी तिथि र त्यसपछि चतुर्दशी रहेको छ । ९ बजेर २२ मिनेटसम्म काग पूजा र त्यपछि कुकुर पूजा गर्नुपर्नेछ ।

कात्तिक कृष्ण चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन नजिकैको नदी वा पोखरीमा गएर स्नान, तर्पण गरी दक्षिण दिशातर्फ फर्काएर बत्ती बालेर बगाउने गरिन्छ । यसो गर्दा मृत्युपछि नरकको यात्रा गर्नु नपर्ने धार्मिक विश्वास छ ।

कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

कुकुर आज्ञापालक जनावर हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुवाको रुपमा समेत कुकुर रहेको छ ।

प्राकृतिक प्रकोप जस्तै भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ ।

तिहारको अन्तिम दिन अर्थात कात्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाएर भाइटीका मनाउने गरिन्छ ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार १२:३६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...