back
NMB ad

९० दिनमा नेपालीले खेले ८ करोड ७२ लाख रुपैयाँको तास !

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्म नेपालमा साढे ८ करोड बढीको तास आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यााङ्कले यस्तो देखाएको हो ।

चालु आवको तीन महिनाको अवधिमा नेपालमा ८ करोड ७२ लाख ४१ हजार रुपैयाँ बरारबको तास आयात भएको छ ।

विभागका अनुसार नेपालमा तीन देशबाट तास आयात हुने गरेको छ । नेपालमा छिमेकी दुई मुलुक भारत, चीन र अमेरिकाबाट तास आयात भएको हो ।

विभागका अनुसार चालु आवको असोज मसान्तसम्म उक्त देशरुबाट ४३ लाख ३० हजार ५ थान तास आयात भएको विभगाले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी चीनबाट आयात भएको हो । उक्त देशबाट ७ करोड ९१ लाख १३ हजार रुपैयाँ बरारबको तास नेपाल भित्रिएको छ । चीनबाट नेपालमा ३३ लाख ५३ हजार ३५८ थान तास आयात भएको हो ।

असोज मसान्तसम्म भारतबाट ८१ लाख २७ हजार रुपैयाँ बराबरको तास आयात भएको छ । उक्त देशबाट तीन महिनाको अवधिमा ९ लाख ७६ हजार ६११ थान तास आयात भएको हो ।

यस्तै, अमेरिकाबाट भने १ हजार रुपैयाँ बराबरको ३६ थान तास आयात भएको छ । तास आयातबाट सरकारले ४ करोड ५३ लाख ७२ हजार रुपैयाँ प्राप्त गरेको छ ।

वि.सं.२०७८ कात्तिक १८ बिहीवार १३:३९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...