काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष प्रसाईको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीले प्रसाईको राजिनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।आइतवार बसेको सञ्चालक समितिको बैठकले प्रसाईले दिएको राजीनामा स्वीकृत गरेको हो ।
कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि कार्यबाहक सिईओको जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीलाई दिने निर्णय गरेको छ ।
वि.सं.२०७८ कात्तिक २२ सोमवार १२:०७ मा प्रकाशित