back
Kumari Bank

इजलास फर्किए न्यायाधीश कुमार चुडाल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुडाल इजलास फर्किएका छन् ।

आफ्ना लागि पेसी नतोक्ने पूर्वसहमति विपरित जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुडालले भने एकल इजलासमा पेस भएको एउटा बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक एक वटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् ।

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुडालले जिल्ला अदालत रुपकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई छोडेर रोलक्रममा कनिष्ठतम न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

वि.सं.२०८२ असार ३१ मंगलवार १२:४२

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा...

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...