back
Mega Long Ad

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

एजेन्सी । चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।

चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिडेकी थिइन् । उनलाई सेन्झोयु–१३ टोलीका दुई सदस्यहरुले सहयोग गरेका थिए । तीन सदस्यीय टोलीमध्ये तेस्रो महिला अन्तरिक्ष स्टेसनमा बसेकी थिइन् ।

सो टोली यही १६ अक्टोबरमा अन्तरिक्षमा पुगेको थियो । अन्तरिक्षबाट आईतबार बाहिर निस्किएपछि वाङले पृथ्वीमा फर्किएर हात हल्लाएकी थिइन् । उडान नियन्त्रण केन्द्रले सार्वजनिक गरेको एउटा भिडियोमा उनले आफूलाई निकै खुसी लागेको बताएकी छिन् । वाङ अन्तरिक्षमा पुग्ने दोस्रो चिनियाँ महिला हुन् । यसअघि सन् २०१२ मा सेन्झोयु–९ अन्तरिक्ष यानमा चढेर लिउ याङ अन्तरिक्षमा पुगेकी थिइन् ।

अन्तरिक्षबाट पृथ्वीतर्फ फर्किने क्रममा उनले आफ्नो अनुभव यसरी साटेकी छिन्, ‘पहिलो पटक जब म झ्यालबाहिरबाट हेरे मैले जीवनको शक्तिको वास्तविक सत्य महसुस गरे । अन्तरिक्षमा पुगेको घटनालाई शब्दमा वर्णन गर्न सक्दिन । ’

अन्तरिक्षमा हिड्ने क्रममा सो समूहले अन्तरिक्ष स्टेसनमा एउटा सस्पेन्सन डिभाईस जडान गरेको थियो । त्यस अवसरमा उनीहरुले चीनले विकास गरेको अन्तरिक्षमा लगाउने पोसाक पनि परीक्षण गरेका थिए ।

वाङभन्दा अगाडि सन् १९८४ देखि अहिलेसम्म १५ जना महिलाले अन्तरिक्षमा पैदल हिडेका छन् । सोभियत अन्तरिक्ष यात्री सेभेटलाना साभिट्सकाय अन्तरिक्षमा हिड्ने पहिलो महिला हुन् । अन्तरिक्षमा हिड्ने महिला अन्तरिक्षयात्रीमध्ये अधिकांश अमेरिकी छन् ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १३:३० मा प्रकाशित

You can share this post!

मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्रधिकरणको आग्रह

मोबाइल सेटको आईएमईआई नम्बर दर्ता गर्न दूरसञ्चार प्रधिकरणको आग्रह

वि.सं.२०७८ असार २४ बिहीवार ११:५९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल प्रयोगकर्ताको मोबाइल डिभाइसमा भएको...

झनै चर्कियो एनसेलका कर्मचारीको आन्दोलन, श्रम कार्यालयदेखि र प्राधिरकणसम्म पुगे (फोटो फिचर)

झनै चर्कियो एनसेलका कर्मचारीको आन्दोलन, श्रम कार्यालयदेखि र प्राधिरकणसम्म पुगे (फोटो फिचर)

वि.सं.२०७८ असार २३ बुधवार १५:२१

काठमाडौं । नीजि क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीले एनसेलका...

सस्टेनेवल ईकोसिष्टमका लागि खुला श्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

सस्टेनेवल ईकोसिष्टमका लागि खुला श्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

वि.सं.२०७८ असार १० बिहीवार १७:१०

असार १०, २०७८, काठमाडौं । ओपोले आधिकारिकरुपमा एलएफ एआई र...

डिजिटल भुक्तानी अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ : गर्भनर अधिकारी

डिजिटल भुक्तानी अर्थतन्त्रको ठूलो हिस्सा बनेको छ : गर्भनर अधिकारी

वि.सं.२०७८ जेठ २४ सोमवार ११:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी...

नोकियाकाे सी-२० स्टनिंग सार्वजनिक, ११ हजारमा पाइने

नोकियाकाे सी-२० स्टनिंग सार्वजनिक, ११ हजारमा पाइने

वि.सं.२०७८ जेठ २० बिहीवार १७:५०

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले सी–सिरिज स्मार्टफोन,...

कोरोनाले बढ्यो विद्युतीय कित्लीको माग, २२ करोड बढीको आयात

कोरोनाले बढ्यो विद्युतीय कित्लीको माग, २२ करोड बढीको आयात

वि.सं.२०७८ जेठ १६ आइतवार ११:२८

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अवधिमा २२ करोड...