back
Kumari Bank

जिप दुर्घटनामा एक जनाको मृत्यु, ११ घाइते

तुलसीपुर । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् । बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए । घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको उनले बताए । दुर्घटनाको कारण खुलेको छैन् ।

वि.सं.२०७८ कात्तिक २२ सोमवार १३:४४ मा प्रकाशित

You can share this post!

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

कालीगण्डकी नदीमा बेलिब्रिज जडान   

वि.सं.२०८२ असार ३१ मंगलवार १२:४२

मुस्ताङ : यहाँको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा...

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:५०

काठमाडौँ :  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट...

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

ऊर्जामा निजी क्षेत्रको योगदान ऐतिहासिक, तर सरकारी उदासीनता गम्भीर चुनौती: इप्पान अध्यक्ष कार्की

वि.सं.२०८२ असार ३१ मंगलवार ११:४०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

थप १ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८२ असार ३१ मंगलवार ११:२०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद...

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

परराष्ट्रमन्त्रीको एक वर्षः कूटनीतिक सम्बन्धमा नयाँ आयाम थप   

वि.सं.२०८२ असार ३१ मंगलवार ११:१३

भीष्मराज ओझा  काठमाडौँ : परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले...

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

भेटायोको नयाँ अफर: सोफा सफाइ सेवा अब मात्र ६०० रुपैंयामा प्रति सिटरमा

वि.सं.२०८२ असार ३१ मंगलवार ११:०४

काठमाडौं । अब घरमै बसेर पनि प्रोफेशनल सोफा सफाइ सेवा...