काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार अपरान्ह बसेको संचालक समितिको बैठकले १६.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ कात्तिक २२ सोमवार २०:३० मा प्रकाशित