
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आवको असोज मसान्तसम्म १ करोड ९९ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २६.३१ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले १ करोड ५७ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
उक्त अवधिमा कम्पनीले ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ खुद आम्दानी गरेको छ । यो आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ३०.२४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १३ करोड ६३ लाख ४९ हजार रुपैयाँ रहेको छ । उक्त अवधिसम्म कम्पनीको जगेडा तथा कोषमा भने १५ करोड १९ हजार रुपैयाँ रहेको छ ।
चालु आवको असोज मसान्तसम्म भने कम्पनीको खराज कर्जा वृद्धि भएको देखिएको छ । गत वर्षको असोज मसान्तमा १.३८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ४.२८ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ ज२१० रुपैयाँ ३ पैसा रहेको छ ।
वि.सं.२०७८ कात्तिक २३ मंगलवार ११:१२ मा प्रकाशित