back
NMB ad

बाबु र हजुरबुबाको स्मृतिमा विद्यालय भवन निर्माण

Kumari bank ad

उदयपुर । हंशअम्बर दाहाल परिवारले त्रियुगा नगरपालिका–१२ त्रियुगा नदी किरानामा रहेको त्रियुगा पुलमुनिको त्रियुगा शान्ति धाममा एक करोड २० लाख बराबरको बौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण गरि हस्तान्तरण गरेको छ । दाहाल खत्री परिवारले हजुर बुबा स्व. हंशबहादुर दाहाल खत्री र बाबु अम्बरबहादुर दाहाल खत्रीको स्मृतिमा शान्ति धाम परिसरमा रहेको वौद्धिक गुरुकुलम विद्यालय भवन निर्माण तथा सालिक अनावरण गरी विधिवत रुपमा हस्तान्तरण गरेको हो ।

हजुरबुबा हंशबहादुर दाहल खत्रीको १७ वैशाख ०७२ मा र बुबा अम्बरबहादुर दाहाल खत्रीको १४ कात्तिक ०७७ मा निधन भएको थियो । हजुरबुवा र बुबाको स्मृतिमा परिवारले भवन निर्माण गरेका हुन् ।

नवनिर्मित भवनको जगतगुरु अनन्त श्री विभुषित श्री बालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरी शान्ति धाम समितिलाई हस्तान्तरण गरेका हुन् । उक्त भवन गुरुकुलममा अध्यायनरत बिद्यार्थीले प्रयोग गर्नेछन् । सोही स्मृतिको अवसरमा छोरा तथा नातिहरूले भवन हस्तान्तरण तथा सालिक अनावरण गरेको परिवारका कान्छा छोरा राकेश खत्रीले जानकारी दिए । सात दिने पुराणसहित स्व. बुबा र हजुरबुवाको आत्माशान्तिका लागि भवन दान तथा पुराण लगाएको खत्रीले बताए । खत्रीका अनुसार त्रियुगा नगरपालिका– १२ शान्तिधामस्थित दुई तले १६ कोठे सुविधासम्पन्न विद्यालय भवन निर्माण गरी सोही भवन अगाडि बुबा र हजुरबुबाको शालिक निर्माण एवं अनावरण गरिएको छ । विद्यालय भवनको नाम त्रियुगा हंश वौद्धिक गुरुकुलम राखिएको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १२:४८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...