back
NMB ad

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

Kumari bank ad

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी जंगली जनावर मार्न पासो थापिएको छ । तस्करहरूले बिनाको तस्कर गर्न कस्तुरी मार्ने उद्देश्यले जंगलमा पासो थापेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले वनगस्ती गर्ने क्रममा पासो फेला पारेको हो । हालसम्म १७५ वटा जाल फेला पारिसकेको मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

उनका अनुसार गस्ती अभियान अन्तर्गत पहिलो दिन ४१ वटा, दोस्रो दिन १०० र तेस्रो दिन ३४ वटा जाल फेला पारेको छ । ‘तस्करहरूले बिना तस्करी गर्नका लागि पासो थापेको देखिन्छ । कस्तुरीको बिनाकै खोजीका लागि थापेको हो,’ उनले भने, ‘भालेको बिना काटेर लगेको अवस्था थियो । रेड फक्स चाहीँ कस्तुरीको लागि थापेको पासोमा झुक्किएर परेका हुन् ।’

जंगलमा छवटा कस्तुरी र दुईवटा रेड फक्स मृत फेला परेको छ । तिमध्ये चारवटा पोथी र दुईवटा भाले कस्तुरी छन् । भाले कस्तुरीसँग मात्र बिना हुन्छ । चाडवाडको मौका छोपेर त्यस क्षेत्रमा चोरी सिकारी बढेको प्रहरीले जनाएको छ । तस्कर भने फेला परेका छैनन् ।

‘तस्कर भेटेका छैनौं । जता पनि पासैपासो छ,’ अधिकारीले भने, ‘हामीले शंकास्पद व्यक्तिमाथी निगरानी बढाएका छौं । तस्करहरूको ठूलै समूह भएको अनुमान गरेका छौं ।’

विशेषगरी कागबेनीमाथिको निच्चा जंगलमा कस्तुरीलाई पासो थापिएको हो । पहिलो दिन लुप्रा पाखामा दुईवटा कस्तुरी र एउटा रेड फक्स फेला परेको थियो । दोस्रो दिन तीनवटा कस्तुरी भेटिएको र तेस्रो दिन एउटा रेड फक्स मृत अवस्थामा पाइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कस्तुरीको बिना निकै महंगो मुल्यमा बिक्री हुन्छ । दैनिक ३० देखि ४० जनाको टोलीले गस्ती गरिरहेको एक्याप मुस्ताङका प्रमुख ऋषि बरालले जानकारी दिए । ‘दैनिक गस्ती गरिरहेका छौं । सोमबार चाहिँ कस्तुरी भेटिएन, पासो मात्र भेटियो,’ उनले भने, ‘अब करिब जंगल पासोमुक्त भएको छ । क्लिन बनाएका छौं ।’ मंगलबार पनि प्रमुख जिल्ला अधिकारीसहित १५ जनाको टोली गस्तीमा गएका छौँ ।

लकडाउन खुलेपछि नै जंगलमा पासो थापिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पासोको अवस्था हेर्दा धेरै पुरानो होइन । यही एक डेढ महिनाभित्र हालेको देखिन्छ,’ बराल भन्छन्, ‘मुस्ताङकै मान्छेको सहयोग बिना कसैले यति ठूलो अपराध गर्ने आँट गर्दैन । यहाँका मान्छेले पासो नथापे पनि तस्करलाई सहयोग गरेका छन् । यो निकै दुखद् कुरा हो ।’

 

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...