काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा नयाँ रोजगारी सृजना भएको छ । बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
एक सूचना निकाल्दै बैंकले सहायक, बरिष्ठ सहायक, सुपरभाइजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ ।
उक्त पदमा योग्य इच्छुक उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन मंसिर ८ गते साँझ ५ बजेभित्र दिनुपर्नेछ ।
विस्तृतका लागि www.shangrilabank.com/career/ मार्फत हेर्न सकिनेछ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:५४ मा प्रकाशित