back
NMB ad

विकास बैंकहरुको लाभांश: कामना सेवाको सबैभन्दा बढी, कुनको बोनस कति ?

Kumari bank ad

बसन्त रुपाखेती

काठमाडौं । संचालनमा रहेकामध्ये विभिन्न ५ विकास बैंकले लाभांश घोषणा गरेका छन् । विकास बैंकहरुले आर्थिक वर्ष २०७७/७८ मुनाफबाट लाभांश घोषणा गरेका हुन् ।

हालसम्म कामना सेवा विकास बैंक, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला डेभलपमेन्ट र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी लाभांश कामना सेवा विकास बैंकले दिने भएको छ । बैंकले १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरि कुल १९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यी ५ वटा विकास बैंकमध्ये सबैभन्दा कम सांग्रिला डेभलपमेन्ट बैंकको देखिएको छ । बैंकले सेयर लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

यस्तै, मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई १८.५१ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १७.५८ प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, लुम्बिनी विकास बैंकले १३.७१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ३.७१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

यता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भने साढे ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले आव २०७७/७८ मुनाफबाट सेयरधनीहरुलाई १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कुनको बोनस कति ?

वि.सं.२०७८ कात्तिक २४ बुधवार १३:३९ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२१

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:१६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:५८

फुङ्लिङ (ताप्लेजुङ), ६ वैशाख : ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र...