back
NMB ad

घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकबाट पाइन्छ २५ लाख रुपैयाँ ऋण !

Kumari bank ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरतलाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेकाहरूलाई कोषको सिफारिसमा अधिकतम २५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्नेछ ।

प्रतिस्पर्धाको आधारमा छनौट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक तीन दशमलव ३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जाहरूलाई कर्जा प्रवाह गरिनेछ । सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेपसमेत उपलब्ध गराउनेछ ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथि आनन्दकुमार अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, कोषका निर्देशक सहायक रथि सागर केसी, वरिष्ठ चार्टड एकाउन्टेण्ट जीवनप्रसाद पौडेल, राष्ट्रिय बिमा संस्थानका कोष प्रशासक कविप्रसाद पाठकलगायत नेपाली सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

वि.सं.२०७८ कात्तिक २४ बुधवार १५:५७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...