काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म ६५ लाख ५० हजार रुपैयाँ नाफा गरेको छ ।
जुन गत वर्षको सोही अवधिको तुलनामा भने २.९३ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ६७ लाख ४८ हजार रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले उक्त अवधिमा ५ करोड १५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा ९.४५ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा भने ४.६६ प्रतिशत रहेको छ । गत वर्षको असोज मसान्तमा पनि कम्पनीको खराब कर्जा ४.६६ प्रतिशत नै थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ.२८ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २७ पैसा रहेको छ ।
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार ११:०७ मा प्रकाशित