back
NMB ad

७९.३७ प्रतिशतले घट्यो नाडेप लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आथिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ९४ लाख ११ हजार रुपैयाँ नाफा गरेको छ ।

शुक्रबार कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीको नाफा गत वर्षको असोज मसान्तको तुलनामा भने ७९.३७ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २४.९० घटेको छ । गत वर्ष १३ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १० करोड २८ लाख ५४ रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रुहेको छ । कम्पनीको जगेडा तथा कोषमा भने ३७ करोड ९८ लाख १४ हजार रुपैयाँ रहेको छ ।

गत वर्षको असोज मसान्तको तुलनमा कम्पनीको खराब कर्जा पनि केही वृद्धि भएको छ । गत वर्षको उक्त अवधिमा ४.४२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ४.७७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २९ पैसा रहेको छ । कम्पनीको सेयर कारोबार अहिले रोक्का रहेको छ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १२:५१ मा प्रकाशित

You can share this post!

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

नेपाल-कतार द्विपक्षीय वार्ताः नेपालमा लगानी गर्न प्रधानमन्त्री दाहालको आग्रह   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३०

काठमाडौँ, १२ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच...

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:२५

काठमाडौँ, १२ वैशाखः नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार,...

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

विद्युत् खपत बढाउने सन्देशसहित ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ सुरु   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:१८

काठमाडौँ, १२ वैशाख : काठमाडौँ–विद्युतीय सवारी (इभी) र्यालीसँगै हिमालयन हाइड्रो...

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...