back
NMB ad

महामारीबाट सिथिल उद्योग व्यवसाय बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताले थप मारमा पर्यो : बरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलताको समस्या तत्काल समाधन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहमा ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले कोभिड–१९ को महामारीबाट थला परेको व्यवसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि तत्काल पहल लिन नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गर्नुभयो ।

“विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट सिथिल रहेको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा रहेको थियो । तर अहिले बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पारेको छ । यसलाई तत्काल समाधान गरिएन भने यसले ठूलो र दीर्घकालिन समस्या पु¥याउनेछ,” उहाँले भन्नुभयो ।

उहाँले बजारमा देखिएको तरलताको समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पनि सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो ।

यस वर्ष बजेट ल्याउन ढिलो हुँदा सरकारी खर्च कम भएको र रेमिट्यान्सको आप्रवाह पनि घटेकोले बजारमा तरलता अभाव देखिएको उहाँले बताउनुभयो ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै उहाँले राज्यका हरेक संयन्त्रले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

“यो स्पष्ट छ कि निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इन्जिन हो । सफल व्यवसायहरुले आर्थिक वृद्धि गर्छन्, रोजगारी सृजना गर्छन् र कर तिर्छन् जसबाट विभिन्न सेवा र लगानीको लागि फाइनान्स हुन्छ । विकासोन्मुख देशहरुमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुन्छ । यसले ठूलो संख्यामा रोजगारी सृजना गरेको हुन्छ, लगानीको लागि रकम जुटाउँछ र सरकारी राजश्वमा महत्वपूर्ण योगदान गर्छ,” त्यसैले निजी क्षेत्रसँग सहकार्य गर्दा विकास र आर्थिक वृद्धि सहज हुन्छ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...