back
NMB ad

७३ प्रतिशतले बढ्यो मनकामना स्मार्ट लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले ४७ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा भने कम्पनीको नाफा ७२.९६ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीको नाफा २७ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि केही वृद्धि भएको देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा १ करोड ९२ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा भने बढाएर १ करोड ९४ लाख १० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ६ करोड ६६ लाख ९५हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा भने चुलिएको छ । गत वर्षको असोज मसान्तमा ५.६० प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ९.३३ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ०५ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार ०८:४९ मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...