काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज अर्थात कात्तिक २८ गते हुँदैछ ।
कम्पनीको सभा बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । सभामा लाभांश पारित हुने मुख्य एजेण्डा रहेको छ ।
सभामा १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश पारित हुने छ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ बुक क्लोज गरेको छ । कात्तिक १३ गतेसम्म कायम सेयरधनी लाभांशको हकदार हुनेछन् ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार ०८:५५ मा प्रकाशित