back
NMB ad

३८ %ले बढ्यो रिलायन्स लाइफको नाफा: ४३ लाख ४९ हजार भुक्तानी हुन बाँकी, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ४ करोड १५ लाख ५६ हजार रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले ७९ करोड ५८ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको सोही अवधिको तुलनामा भने ६४.८३ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ४८ करोड २८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

विवरण अनुसार यस आवमा १६ करोड ७३ लाख ४९ रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । उक्त अवधिमा भुक्तानी हुन बाँकी दावी रकम ४३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २६ करोड ३४ लाख ९० हजार रुपैयाँ राखेको छ ।

यता, जीवन बीमा कोषमा ३ अर्ब २ करोड १७ लाख ५ हजार र महाविपत्ती कोष जगेडामा २ करोड ९२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १२:२८ मा प्रकाशित

You can share this post!

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...