back
NMB ad

४१.४५ प्रतिशतले गुराँस लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी ?

Kumari bank ad

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा ३१ लाख ६३ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ४१.४५ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले २२ लाख ३६ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले उक्त अवधिमा १ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको असोज मसान्तमा १ करोड ३६ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानीको गरेको कम्पनीले यस वर्षको उक्त अवधिमा १८.३६ प्रतिशतले बढाएको हो ।

कम्पनीको चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४ करोड २५ लाख ३५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको असोज मसान्तमा ३.३२ प्रतिशत रहेको खराब कर्जा यस वर्षको ३.७६ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १३:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...