back
NMB ad

भेडाको मासुमा आत्मनिर्भर बन्दै लमजुङ, वार्षिक १० करोड आम्दानी

Kumari bank ad

लमजुङ । चिसो मौसममा बेसी र गर्मीमा लेकका खर्कमा राखिने भेडीगोठबाट किसानले मनग्य आम्दानी गरेका छन् । लमजुङका विभिन्न भेगका किसानले घुम्ती भेडीगोठ राख्ने गरेका छन् । लमजुङमा साविवको १९ गाविसमा ९१ वटा घुम्ती भेडीगोठ छन् । ८५८ घरपरिवारले घुम्ती भेडीगोठ राखेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले बताए । ती भेडीगोठमा करिब २५ हजार भेडा छन् ।

पशु सेवा कार्यालयले गरेको अध्ययनमा घुम्ती भेडीगोठबाट किसानले वर्षिक २०० मेट्रिक टन भेडाको मासु उत्पादन गर्ने गरेका छन् । प्रतिकिलो ५०० का दरले भेडाको मासु बिक्री हुने गरेको छ । सबै किसानले गरी भेडाको मासुबाट मात्र वार्षिक १० करोड आम्दानी गर्छन् । भेडाको मासुमा जिल्ला आत्मनिर्भर रहेको कार्यालयको दाबी छ ।

भेडीगोठबाट वार्षिक पाँच हजार किलो ऊनसमेत उत्पादन हुने गरेको छ । किसानले उत्पादितमध्ये आधाजसो ऊन नै र बाँकीको राडीपाखीलगायत बनाएर बिक्री गर्ने गरेका छन् । ऊनबाट मात्र वार्षिक दुई लाख ५० हजार आम्दानी हुने गरेको कार्यालयको तथ्यांक छ ।

घुम्ती भेडीगोठमा करिब आठ हजारभन्दा बढी बाख्रा, खसीबोका पनि छन् । खसीबोकाको मासु वर्षिक १२० मेट्रिक टन उत्पादन हुने र यसबाट करिब ६ करोडभन्दा बढी आम्दानी किसानले गर्ने गरेका छन् । भेडीगोठका भेडा, खसीबोका बढी पोखरा, काठमाडौ लगायतका ठूला सहरमा मासुका लागि निर्यात हुने गरेको छ ।

‘भेडीगोठबाट आम्दानीको सम्भावना धेरै छ । तर, किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन्, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख रुपेश श्रेष्ठले भने, ‘भौगोलिक विकटता, राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण किसानले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।’

जिल्लाका सबै भेडीगोठालेहरूलाई एकीकृत गरी समूह गठन गरिएको पशु कार्यालयका प्रमुख श्रेष्ठको भनाइ छ । स्थानीय तहले कृषि र पशुपालनको क्षेत्रमा भने बजेट विनीयोजन नगरेको उनको भनाइ छ । यसवर्ष ८० हजार भेडा र बाख्रालाई पीपीआर (भेडाको महामारी) विरुद्धको खोप लगाइएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:२० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...