काठमाडौं । साहस उर्जाको सेयर मूल्यमा उच्च गिरावट आएको छ । आइतबार कम्पनीको सेयर मूल्य ८.७४ प्रतिशतले घटेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७ रुपैयाँ ६० पैसाले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ७०५ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १३ करोड ४४ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कम्पनीको आज १ लाख ८६ हजार १५ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार १५:५९ मा प्रकाशित