back
NMB ad

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/ ७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महीनामा खुल्नेछ ।

खुला विज्ञापनको सामान्य परीक्षा आगामी फागुन महीनामा, विषयगत परीक्षा आगामी जेठमा हुनेछ । सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी साउनमा हुनेछ ।

अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महीनामा शिक्षक सिफारिस गरिनेछ। प्राथमिक तहको हकमा भने शिक्षक सिफारिस गर्न कात्तिक लाग्नेछ ।

प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन आगामी मंसिरमा नै मात्र गरिनेछ ।

यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । आयोगका अनुसार यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिनेछ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सर्वाजनिक गरिनेछ भने माघदेखि चैतसम्म सिफारिस गरिनेछ ।

त्यस्तै आयोगले करार सूची आगामी २०७९ सालको मंसिरमा सार्वजनिक गर्नेछ । वार्षिक कार्यतालिकाअनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सञ्चालन गरी असारमा परीक्षा र नतिजा आगामी असोजमा हुनेछ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसीरबाट हुने जनाइएको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १६:१५ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...