back
NMB ad

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Kumari bank ad

नेपालगञ्ज । बाँकेको नरैनापुरमा गाई चराउन जंगल गएका नरैनापुर गाउँपालिका- ४ पण्डितपूर्वाका लखन गडरियाको बाघको आक्रमणबाट मृत्यु भएको छ । उनको शरीर बाघले आधा खाएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए ।

मृतक गडरिया गाई चराउन गत २५ कात्तिकमा जंगल गएका थिए । उनी फर्केर नआएपछि खोजतलास गर्दा शनिवार राति बाघले आधा खाएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । उनले गडरियाको शवनजिकै एउटा गाई समेत बाघले मारेर खाएको भेटिएको बताए । ‘मृतक गडरियाको शवको पिठ्युको भाग बाघले खाएको छ । घाँटी र शरीरका अन्य भागमा नंग्राले कोतरेको छ । घटनास्थल नजिकै बाघले एउटा गाईसमेत मारेको छ । स्थानीयले घटनास्थल वरपर बाघ कराएको सुनेको बताएका छन्’ प्रहरी निरिक्षक गौतमले भने ।

नरैनापुरको पर्यटकस्थल गोवद्र्धनधामदेखि पाँच किलोमिटर पूर्वपट्टी जंगलमा गडरियाको शव फेला परेको हो । गाई चराउन जंगलमा एक्लै गएका गडरियाको बाघको आक्रमणमा परेर मृत्यु भएपछि स्थानीय प्रशाशनले स्थानीयलाई वनजंगल नजान आग्रह गरेको छ ।

वि.सं.२०७८ कात्तिक २८ आइतवार १७:०८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...