काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
योसंगै आज नेपाली बजारमा ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला १० रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ कात्तिक २९ सोमवार ११:१५ मा प्रकाशित