back
NMB ad

जीवन विकास लघुवित्तको नाफा १७ करोड ६६ लाख बढी, कस्ता छन् अन्य सूचक ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले साढे १७ करोड बढी नाफा कमाएको छ ।

मंगलबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तमा १७ करोड ६६ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १३ करोड ४ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले संचालन नाफा पनि सुधारेको देखिएको छ । गत वर्षको असोज मसान्तमा ३ करोड ९६ लाख ८३ हजार रुपैयाँ ऋणात्मक रहेको संचालन नाफा यस वर्षको सोही अवधिमा भने १५ करोड ८३ लाख १४ हजार रुपैयाँ धनात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैया रहेको छ । कम्पनीको जगेडा तथा काषमा भने १ अर्ब ४९ करोड ७१लाख ५७ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले ८ अर्ब ३७ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरि २१ अर्ब ६० करोड ४१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा कम्पनीको खराज कर्जा पनि झिनो वृद्धि भएको देखिएको छ । गत वर्षको असोज मसान्तमा ०.६१ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ०.६८ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११६ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ७७ पैसा रहेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:०९ मा प्रकाशित

You can share this post!

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...