back
NMB ad

 माथिल्लो फेदीमै रोकिए पाथीभरा दर्शन गर्न आएका दुई हजारभन्दा बढी तिर्थयात्री

Kumari bank ad

ताप्लेजुङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन प्रभावित भएका छन् । बन्दका कारण सवारीसाधन ठप्प हुँदा तीर्थयात्रीले कठिनाइ भोग्नु परेको हो । सरकारले हालै पेट्रोलिय पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्यवृद्धिविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द आह्वान गरेको हो ।

एक्कासी बन्द आह्वान गरेपछि पाथीभरा मन्दिर प्रवेशद्धारको माथिल्लो फेदीमा सोमबार दुई हजार दुई सय भक्तजन रोकिएको माथिल्लो फेदी प्रहरी चौंकीले जनाएको छ । फेदीमा रोकिएका भक्तजनहरू आज सदरमुकाम फुङ्लिङ फर्किनेछन् । फेदीदेखि सवारीसाधनमार्फत भक्तजनहरु आ(आफ्नो घर फर्कने गर्छन् । तर, बन्दले यातायातका साधनहरु ठप्प भएसँगै बिहान पूजापाठ गरेर फर्नने दुई हजारभन्दा बढी भक्तजन फेदीमा रोकिएको माथिल्लो फेदी प्रहरी चौकीका प्रमुख प्रहरी असई लोकबहादुर थापाले बताए ।

बन्दले यातायातका साधन ठप्प हुँदा पाथीभरा मन्दिर दर्शनमा आउने भक्तजन पनि कम भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । पाथीभरा मन्दिरमा दर्शन गरेर फर्कनेहरूको लागि दिउँसो ३ बजेदेखि पाथीभरा क्षेत्रमा सञ्चालन हुने सवारीसाधन सञ्चालन गर्न दिने बन्द आह्नानकर्ता तथा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव असल पन्दाकले बताए । बन्दका कारण ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार सुनसान भएको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...