back
NMB ad

आठ जीवन बीमा कम्पनीको नाफा ४५ करोड ३८ लाख: सूर्या लाइफको सबैभन्दा बढी, कुन-कुन देखिए अब्बल ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये आठ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार चालु आवको असोज मसान्तमा आठ जीवन बीमा कम्पनीहरुले ४५ करोड ३८ लाख ५१ हजार रुपैयाँ नाफा कमाएका छन् ।

कम्पनीहरुको नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ३२.३६ प्रशितले घटेको हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले ६७ करोड ९ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

आठ कम्पनीहरुमध्ये तीन वटा नाफा घटेको देखिएको छ । उक्त अवधिमा सबैभन्दा बढी नाफा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको नाफा ११.७९प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले १० करोड १६ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

प्रतिशतका आधारमा भने सबैभन्दा बढी यूनियन लाइफको देखिएको छ । कम्पनीले गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्ष ४२.५१ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष २ करोड ४१ लाख ९१ हजार रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको असोज मसान्तमा भने ३ करोड ४४ लाख ७७ हजार रुपैयाँ कमाएको छ ।

यस वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ, नेशनल लाइफ र गुराँस लाइफको नाफामा गिरावट देखिएको छ । गत वर्षको असोज मसान्तमा २२ करोड ९० लाख २ हजार रुपैयाँ नाफा कमाएको नेपाल लाइफले यस वर्षको सोही अवधिमा ७० लाख ३३ हजार रुपैयाँ नाफा गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ९६.९२ प्रतिशतले घटेको हो ।

यस्तै, नेशनल लाइफको नाफा २६.७२ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा ११ करोड ८३ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्षको सोही अवधिमा ८ करोड ६७ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरि गुराँस लाइफले गत वर्षको असोज मसान्तमा ४ करोड २७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्षको सोही अवधिमा भने ४.१४ प्रतिशतले घटेर ४ करोड ९ लाख ९९ हजार रुपैयाँ कमाएको छ ।

उक्त अवधिमा रिलायन्स लाइफले ४ करोड १५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको असोज मसान्तको तुलनामा भने ३८.१८ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले ३ करोड ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तमा प्रभु लाइफले ३ करोड ३१ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ७.२२ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले ३ करोड ९लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, एशियन लाइफले ९ करोड ६२ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको असोज मसामन्तको तुलनामा २.३८ प्रतिशतले बढी हो ।

कुनको कति ?

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:३५ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...