back
NMB ad

बन्द गराउँदै हिँडेका विप्लव समूहका २२ कार्यकर्ता पक्राउ

Kumari bank ad

सुनसरी । बजार बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव समूहका २२ जना कार्यकर्ता सुनसरीबाट पक्राउ परेका छन् । बिहानैदेखि बन्द गराउँदै हिँड्ने २० जनालाई इटहरीबाट र अन्य दुई जनालाई धरानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

इटहरीमा पसल बन्द गराउँदै हिँडेको भेटिएपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । धरानमा सवारी साधन तोडफोड आरोपमा पक्राउ गरेको हो । ढुङ्गा प्रहारपछि कारको अगाडिको भाग फुटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल बन्द गरेको विप्लव नेतृत्वको नेकपाले सवारी साधन र बजार बन्दको आह्वान गरेको छ । बिहानैदेखि धरान, इटहरी, इनरुवालगायतका बजार, छोटो तथा लामो दुरीका यात्रुबाहक बस, सवारी साधन बन्द छन् ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...