back
Mega Long Ad

सिटिजन लाइफको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि

काठमाडौं । सिटिजनस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १.८२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ११ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस वर्ष कम्पनीले १ अर्ब २४ करोड ३२ लाख ४२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन गत वर्षको पहिलो त्रैमासको तुलनामा १०० प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ६२ करोड ८ लाख १६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

उक्त अवधिमा कम्पनीले २६ करोड १ लाख ७५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम भने १ करोड २ लाख ४२ हजार रुपैयाँ रहेको देखिएको छ ।

कम्पनीका चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ७६ करोड ५८ लाख ९१ हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीले जीवन बीमा कोषमा ४ अर्ब २५ करोड ५५ लाख ४८ हजार रुपैयाँ र महाविपत्ती जगेडामा ८ करोड ४४ लाख ६९ हजार रुपैयाँ राखेको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिएको छ जसअनुसार कम्पनीले कुल लगानी तथा कर्जा रकम ६ अर्व ८९ करोड रुपैयाँ मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु ‘डिजिटल सिटिजन अभियान’, ‘सिटिजन स्वरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १३:०८ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...