back
Mega Long Ad

ज्योति लाइफको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा जीवन बिमा कोष १०१ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिमा कोषमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ५० दशमलव ४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यसले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ चार पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार ११:२८ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...