काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त अवधिमा कम्पनीको नाफामा उल्लेखीय सुधार भएको देखिएको छ । गत वर्षको असोज मसान्तमा १३ लख ५९ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको सोही अवधिमा नाफा २४ लाख २४ हजार रुपैयाँ कमाएको छ ।
उक्त अवधिमा कम्पनीले २ करोड ४८ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी गत वर्षको सोही अवधिका तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले २ करोड ७ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४ करोड ३१ लाख ७१ हजार रुपैयाँ राखेको छ ।
चालु आवको पहिलो त्रैमासमा कम्पनीको खराब कर्जा केही घटेको देखिएको छ । गत वर्षको असोज मसान्तमा ५.९७ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा ५.३४ प्रतिशत रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।
वि.सं.२०७८ मंसिर १ बुधवार ११:३० मा प्रकाशित