back
Mega Long Ad

प्राइम लाइफले कमायो १२ करोड २५ लाख नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको असोज मसान्तसम्म १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन गत वर्षको पहिलो त्रैमासको तुलनामा १.४९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हजार रुपैयाँ नाफा गरेको थियो ।

यस वर्ष कम्पनीले १ अर्ब १८ करोड ३३ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिमा कम्पनीको कुल दावी भुक्तानी रकम २७ करोड ६२ लाख ८० हजार रुपैयाँ रहेको छ ।भुक्तानी हुन् बाँकी दावी रकम भने १ करोड ६० लाख ७९ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष ८० करोड २९ लाख ३९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीले जीवन बीमा कोषमा १५ अर्ब ७२ करोड ४६ लाख ८२ हजार रुपैयाँ र महाविपत्ति कोष जगेडामा १६ करोड ७४ लाख ५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १५ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर १ बुधवार ११:५३ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...