back
Mega Long Ad

कुन जलविद्युत कम्पनीले कति दिने भए त लाभांश ?

काठमाडौं । संचालनमा रहेकामध्ये आधा दर्जन जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७७/७८ लाभांश घोषणा गरेका छन् ।

हालसम्म विभिन्न ९ वटा जलविद्युत कम्पनीले लाभांश घोषण गरेका हुन् । आठ कम्पनीमध्ये तीन कम्पनीले भने नगद लाभांश मात्र वितरण गर्ने भएका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको रहेको छ । कम्पनीले आव २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, अरुण कावेली पावरले १७.८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

अपि पावर कम्पनीले पनि गत आवको मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनीले ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई साढे १० प्रतिशत र नगद लाभांश ०.०५ प्रतिशत दिने भएको हो ।

त्यसैगरि सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

यता, रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद, सिनर्जी पावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

रैराङ हाइड्रोपावर, रिदी हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावरले नगद लाभांश दिने भएका हुन् ।
जसमध्ये रैराङले १२.६ प्रतिशत नगद लाभांश, रिदीको १२.६ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको ११.५ प्रतिशत रहेको छ ।

कुनको कति ?

वि.सं.२०७८ मंसिर १ बुधवार १३:४६ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...