back
NMB ad

तरलता अभाव चरम सिमामा,४ महिनामा २२ अर्बले निक्षेप बढ्दा ३०७ अर्बले बढ्यो कर्जा

Kumari bank ad

काठमाडौं । चालु आर्थिक बर्षको चार महिनामा बाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा झन्डै १४ गुणा बढीले बृद्धि भएको छ । कार्तिक मसान्तसम्ममा बैंकहरुले जम्मा २२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३ खर्ब ७ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका छन् ।

बैंकर्स संघका अनुसार असारको अन्तिम साता बाणिज्य बैंकहरुसँग जम्मा ४२ खर्ब १ अर्ब रुपैयाँ बराबरको निक्षेप रहेको थियो । तर कार्तिक अन्तिम साता सो निक्षेप २२ अर्ब रुपैयाँले मात्र बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ ।

तर सो अवधिमा कर्जा ह्वात्तै बढेको तथ्यांकमा देखिएको छ। गत आर्थिक बर्षको अन्तिम साता बाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह गरेका थिए । तर कात्र्तिक अन्तिम सातासम्म आइपुग्दा कर्जा प्रबाह बढेर ४० खर्ब २८ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

निक्षेप संकलन भन्दा कर्जा विस्तार ह्वात्तै बढेसँगै बैंकहरु कर्जा लगानीका लागि तरलता अभाव भोगिरहेका छन् । रेमिट्यान्स आप्रबाहमा कमी, आयातमा भएको बृद्धि तथा सरकारको खर्चमा भएको ढिलासुस्तीका कारण बैंकहरुले तरलता अभावको मार खेपीरहेका छन् ।

हाल केही बाणिज्य बैंकहरुबाहेक सवैजसो बैंकहरु तरलता अभाव खेपीरहेका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको तीन महिनामा नेपालमा ६३.७३ प्रतिशतले आयात बढेको छ । आयातलाई धान्नका लागि पहिले रेमिट्यान्स आप्रबाह पर्याप्त मात्रामा हुने गरेको थियो तर यो अवधिमा नेपालमा भित्रने रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ ।

जसका कारण आयात धान्नका लागि कमी भएकोले बाणिज्य बैंकहरुसँग भएको रकम नै आयातको लागि चाहिने कर्जामा गएको नेपाल राष्ट्र बैंकको बुझाइ छ । जसका कारण बजारमा तरलताको चरम अभाव भइरहेको छ ।

कार्तिक महिनामा मात्र बाणिज्य बैंकहरुको निक्षेप ४६ अर्ब रुपैयाँले घटेको छ भने ३० अर्ब रुपैयाँले कर्जा प्रबाह बढेको देखिएको छ । त्यस्तै बाणिज्य बैंकहरुबाट कात्र्तिकको अन्तिम साता मात्र २० अर्ब रुपैयाँले निक्षेप घटेको छ भने कर्जा ३ अर्ब रुपैयाँले बढेको छ ।

निक्षेप नबढ्ने र कर्जाको मागमा मात्र बृद्धि हुदा बैंक तथा वित्तिय संस्थाहरु तरलताको अभाव झेल्न बाध्य भएको नेपाल बैंकर्स एसोसिएसनका पुर्व अध्यक्ष भुवनकुमार दाहालले बताए ।
उनका अनुसार बैंकहरुले निक्षेपमा दिइने व्याजमा बृद्धि गर्दापनि निक्षेपमा सोचेजस्तो प्रगति भएको छैन ।

 

 

वि.सं.२०७८ मंसिर १ बुधवार १४:२४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...