back
Mega Long Ad

सर्वोच्च फर्किएका पाँच न्यायाधीशले बारसँग भने– हामी तपाईंहरूसँगै छौँ

काठमाडौं । इजलासमा फर्किएका सर्वोच्च अदालतका पाँच न्यायाधीशले नेपाल बार एसोसिएसनको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन् ।नेपाल बार र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा पाँच न्यायाधीशले बारको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका हुन् ।

न्यायाधीशको भनाइ उद्धृत गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘‘हामीहरू तपाईंभन्दा बाहिर छैनौं । आन्दोलनका कारण सेवाग्राहीले दुःख पाए । सेवाग्राहीबाट प्रश्न नउठोस् भनेर बन्दीप्रत्यक्षीकरणसहित सामान्य मुद्दा हेरेका हौँ र आफूहरू बाँकी न्यायाधीश (आन्दोलित न्यायाधीश)सँगै बारको बटमलाइनको साथमा छौँ ।’

छलफलका बेला बार पदाधिकारीले अदालतमा विकृति विसंगति बढेको भन्दै आन्दोलनमा असर पर्ने गरी मुद्दा नहेर्न र साथ दिन न्यायाधीशहरूसँग अनुरोध गरेका थिए ।

पाँच जना न्यायाधीश भेट्न बार अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष ईश्वरी खतिवडा, रक्षा बस्याल, सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र सचिव ऋषिराम घिमिरे थिए ।

सर्वोच्चका पाँच न्यायाधीश तेजबहादुर केसी, कुमार रेग्मी, कुमार चुडाल, मनोज शर्मा र बमकुमार श्रेष्ठ सोमबार र मंगलबारको बार पदाधिकारीको छलफलमा अनुपस्थित थिए ।

सेवाग्राही मारमा परेको र तत्काल निकास ननिस्कने भन्दै उनीहरूले मंगलबारदेखि इजलासमा फर्केर मुद्दा हेर्न सुरू गरेका छन् । अन्य १३ न्यायाधीश पनि सेवाग्राहीलाई कम क्षति हुनेगरी गोलाप्रथाबाट मुद्दा हेर्ने र प्रधानन्यायाधीश बहिर्गमनको आन्दोलनमा समर्थन दिइरहने पक्षमा छन् ।

कार्यपालिकासँगका राजनीतिक भागबण्डा खोजेको आरोपसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बार आन्दोलनमा उत्रिएको छ भने सर्वोच्चकै न्यायाधीशहरू इजलास बहिस्कार गरेर बसेका छन् ।

वि.सं.२०७८ मंसिर १ बुधवार १६:१४ मा प्रकाशित

You can share this post!

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

बैंकहरुले विदेशी मुद्रामा निक्षेप संकलन गर्न पाउने, तरलता अभावमा तड्पिएको बैंकलाई राहत

वि.सं.२०७८ मंसिर १३ सोमवार २१:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा निक्षेप संकलनको लागि...

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४९

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए...

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

एमाले लेखा आयोगको अध्यक्षमा डा.कँडेलको ह्याट्रिक !

वि.सं.२०७८ मंसिर १३ सोमवार १८:४१

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको...

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

एक सातामा नै बाणिज्य बैंकहरुबाट ६ अर्ब निक्षेप गायव !

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:५१

काठमाडौं । बाणिज्य बैंकहरुको निक्षेप एक सातामा नै ६ अर्ब...

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

एफएनसिसिआइ र टियुबीच संस्थागत सहकार्य गर्ने सहमति

वि.सं.२०७८ मंसिर १३ सोमवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र त्रिभुवन विश्वविद्यालय...

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

भोलि मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

वि.सं.२०७८ मंसिर १३ सोमवार १६:२४

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अर्थात...