back
NMB ad

मस्टर रिपर्चेज सम्झौताको लागि बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकको आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई मास्टर रिपर्चेज एग्रीमेन्ट (सम्झौता)कोलागि सम्पर्क गर्न आग्रह गरेको छ ।

केन्द्रिय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सुचना जारी गरी खुल्ला बजार कारोबार तथा व्याजदर करिडोर अन्तर्गत पर्ने रिपो, रिभर्स रिपो एवं ओपरनाइट रिपोमा सहभागी हुने बैंक तथा वित्तिय संस्थालाई मास्टर रिपर्चेज एग्रीमेन्टकोलाागि आग्रह गरेको हो ।

राष्ट्र बैंकले यसअघि यस्तो एग्रीमेन्ट गरिसकेकाको हकमा पनि पुनः एग्रीमेन्ट गर्नुपर्ने व्यवस्था गरेको जनाएको छ । विभागका कार्यकारी निर्देशक नरेश शाक्यका अनुसार बैंक तथा वित्तिय संस्थाले खुल्ला बजार कारोबार विनियावलीको विनियम १२ र विनियम २१ अनुसार राष्ट्र बैंकसँग खुल्ला बजार कारोबार गर्दा अनिवार्य सम्झौता गर्नुपर्छ ।

यस्तैगरी राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ्) उपयोग गर्न चाहने बैंक तथा वित्तिय संस्थाले पनि सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गर्नका लागि आग्रह गरेको छ ।

 

वि.सं.२०७८ मंसिर १ बुधवार १८:३१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...