back
NMB ad

४४.२१ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा, कस्ता देखिए मुख्य सूचक ?

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा २ करोड ८६ लाख ७७ हजार रुपैयाँ नाफा गरेको छ ।

कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.२१ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले १ करोड ९८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ५५ लाख ७१ हजार रुपैयाँ देखिएको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा ६०.७३ प्रतिशतले बढी हो ।

गत वर्षको उक्त अवधिमा कम्पनीले ४ करोड ७ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासमा १ अर्ब १ करोड ५८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ६५ करोड ३७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा २२ करोड ८९ लाख ४० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराज कर्जा पनि वृद्धि भएको देखिएको छ । गत वर्षको असोज मसान्तमा १.७९ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने बढेर ३.०५ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११४ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ ३२८ रुपैयाँ ९४ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १०:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...