काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १३५ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ४९५ रुपैयाँ ३० पैसा पुगेको छ ।
यस्तै, यतिबेला तेह्रथुम पावपरको पनि सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ९.२७ प्रतिशत अर्थात प्रतिकित्ता ५४ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६३८ रुपैयाँ ९० पैसा कायम भएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १२:१० मा प्रकाशित