काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्काशनका लागि अनुमति पाएको छ ।
नियामक नियका नेपाल धितोपत्र बोर्डबाट बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।
कुल १० लाख कित्ता ऋणपत्रमध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा आगामी सात वर्ष सम्मका लागि गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १२:३७ मा प्रकाशित