काठमाडौं । नबिल बैंकले विदेशमा रहेका नेपाली तथा उनीहरुका परिवारलाई लक्षित गर्दै प्रिमियम रेमिटेन्स सेभिङ खाता संचालनमा ल्याएको छ । सो खातामा ग्राहकहरुले नविल बैंकबाट आउने रेमिट्यान्सलाई खाता खोलेर निक्षेपको रुपमा खातामा रकम जम्मा गर्न सक्नेछन् ।
न्विल बैंकका अनुसार सो खाता ग्राहकहरुले शुन्य मौज्दातमा नै खोल्न सक्नेछन् भने साधारण बचत खाताको भन्दा बढी व्याज दिइने छ । हाल बैंकले मुद्धति निक्षेपमा १० प्रतिशत सम्म दिन सक्नेछन । बैंकको सम्पुर्ण शाखाहरुबाट खाता खोल्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १४:४३ मा प्रकाशित