back
NMB ad

राष्ट्रिय बिमा संस्थानको नाफा ५२ दशमलव ३२ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थानले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा संथानले एक करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको तुलनामा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । गत वर्ष संस्थानले एक करोड दुई लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्ममा संस्थानको खुद बिमा शुल्क आम्दानी पनि सात दशमलव ६३ प्रतिशतले बढेर चार अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष संस्थानले चार अर्ब २१ करोड रुपैयाँ खुद बिमा शुल्क कमाई गरेको थियो ।

समीक्षा अवधिसम्ममा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ छ । संस्थानको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ छ । संस्थानले यस अवधिसम्ममा ९५ करोड ५७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी, कम्पनीले जीवन बिमा कोषमा ३० अर्ब ४९ करोड रुपैयाँबाट बढेर ३७ अर्ब १४ करोड पुगेको छ । यस संस्थानले हासम्म सर्वसाधारणमा सेयर जारी नगरेकाले नेप्सेमा सूचीकृत भएको छैन ।

वि.सं.२०७८ मंसिर २ बिहीवार १५:०६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...