back
NMB ad

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारबाट फिर्ता गरी स्पष्टीकरण पेश गर्न १५ दिनको म्याद

Kumari bank ad

काठमाडौं । सरकारले तीनवटा सिमेन्ट कम्पनीको उत्पादनलाई बजारमा विक्रि वितरण गर्न रोक लगाएको छ ।

गुणस्तर तथा नापतौल विभागले कमजोर गुणस्तर भएको पाएपछि मारुती सिमेन्ट लिमिटेड, युनाइटेड सिमेन्ट प्रा.लि र जगदम्बा सिमेन्ट प्रा.लिद्धारा उत्पादित सिमेन्टलाई विक्रिवितरणका लागि रोक लगाएको हो ।

त्यस्तै बजारमा गएका सिमेन्टहरु फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण दिनको लागि निर्देशन दिएको छ ।

विभागका सुचना अधिकारी संजीवकुमार ठाकुरका अनुसार ती तिनवटै कम्पनीमा केही दिनअघि विभागले अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संकलन गरिएको नमुनाको गुणस्तर मापन गर्दा मारुती सिमेन्टको ७ र २८ दिनको मान क्रमशः ३१ र ३८ एमपिए रहेको पाइएको छ । विभागका अनुसार ति दिनहरुको मान क्रमशः ३३ र ४३ हुनुपर्ने थियो ।

त्यस्तै युनाइटेड सिमेन्टको सोही दिनको मान ३५ र ३९ रहेको थियो जवकी सो सिमेन्टको मान ३७ र ५३ एमपिए हुनुपर्ने थियो ।

मारुती र युनाइटेड सिमेन्ट भने ओपीसी हो । त्यस्तै त्यस्तै जगदम्बा सिमेन्टको भने ३ र ७ दिनको मान १६ र २२ हुनुपर्नेमा १५ र २० एमपीए रहेको पाइएको विभागले जनाएको छ। सो सिमेन्ट भने पीपीसी रहेको विभागले जानकारी दिएको छ ।

यी हुन् कारबाहीमा परेका ५ सिमेन्ट उद्योगहरु:


वि.सं.२०७८ मंसिर २ बिहीवार १५:२० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...