काठमाडौं । साताको अन्तिम कारोबार दिन यूनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सामान्य गिरावट आएको छ ।
उक्त दिन यूनियन लाइफको सेयर मूल्य ०.७३ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ६८१ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार उक्त दिन कम्पनको ३ करोड १२ लाख ६ हजार रुपैयाँ बाबरको ४५ हजार ७४० कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस्तै, सानिमा लाइफको सेयर ०.५७ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले घटेको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ५४३ रुपैयाँ कायम भएको छ ।
नेप्सेका अनुसार कम्पनीको ८३ लाख ३० हजार रुपैयाँ बराबरको १५ हजार ४४८ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १६:२९ मा प्रकाशित