काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा रहेको छ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७ हजार ५८५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरीद गर्न इच्छुक इच्छुक व्यक्ति वा संस्थाहरुले आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीद गर्न इच्छुक योग्य व्यक्ति वा संस्थाले आजैका मितिदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
वि.सं.२०७८ मंसिर ३ शुक्रवार ११:२३ मा प्रकाशित