back
NMB ad

अमेजनमा एक वर्षमा १३ हजार वर्ग किलोमिटर क्षेत्रको जंगल विनाश

Kumari bank ad

एजेन्सी । ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ ।

यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासी मानिसहरुको घर हो ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो ।

तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् । तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए ।

राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीब्रता आएको विज्ञहरुले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् ।

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १४:३० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...