back
NMB ad

अदुरदर्शी बैंकरका कारण समस्यामा ‘बैंकिङ क्षेत्र’ ,तरलता अभाव हुनुको यस्तो छ कारण

Kumari bank ad

काठमाडौ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरु तरलताको अभावमा अत्ताल्लिरहेका छन् । बैंकहरुले दिर्घकालिन रुपमा योजना नबनाइकन जथाभावी रुपमा लगानी गर्दा उनीहरुसँग अहिले कर्जा प्रबाहका लागि रकम छैन ।

एकातिर कर्जा प्रबाह गर्न नसकेको अवस्था छ भने अर्कोतर्फ नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको सिआरआर, बैधानिक तरलता अनुपात र सिडि रेसियोकोको अनुपात कायम गर्नका लागि समेत रकम अभाव भइरहेको छ ।

पछिल्लो केही दिनयता उनीहरुले राष्ट्र बैंकले प्रदान गर्ने स्थायी तरलता सुविधा (एसएलएफ्) लिन केही कम गरेपनि बैंकहरुले तरलता अभावको अवस्था भने अझै झेलिरहेका छन् । नेपाल राष्ट्र बैंकले केहीदिन अघि मंसिरदेखि लागु हुनेगरी व्याजदर १० प्रतिशत भन्दा माथि जान नपाउने गरी व्यवस्था गरेको छ ।

कोरोनाका कारण भएको लकडाउनमा बजारबाट कर्जाको माग नआउदा बैंकहरुसँग पर्याप्त तरलता थुप्रियो जसका कारण उनीहरु अत्तालिएर जथाभावी कर्जा प्रबाह गर्न थाले । तर रेमिट्यान्समा आएको कमी, कमजोर सरकारी खर्च प्रणाली र आयातमा भएको बृद्धिका कारण बजारमा तरलता अभाव हुदै गयो ।

नेपाल बैंकर्स संघले प्रदान गरेको तथ्यांकबाट नै बैंकर्सहरु कति अदुरदर्शी हुन् भन्ने देखाउछ । संघको तथ्यांक अनुसार बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको चार महिनामा जम्मा ३१ अर्ब ९५ करोड रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् तर सो अवधिमा उनीहरुले ३१३ अर्ब ५९ करोड अर्थात् झन्डै दशगुणाले बढी कर्जा प्रबाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेजनले आयोजना गरेको कार्यक्रममा बैंकर्सहरुको अदुरदर्शीताका कारण नै तरलता अभाव भएको ठोकुवा गरे । गभर्नरको कुरामा सहमति जनाएका थिए नेपाल बैंकर्स एसोसिएसनका पुर्व अध्यक्ष भुवनकुमार दाहालले ।

उनीहरुले पछि निक्षेप आउने आशामा आफुसँग भएको रकमको तत्काल लगानी गरेको देखिएको छ । प्राप्त तथ्यांक अनुसार गत चार महिनामा ग्लोवल आइएमई बैंकले सवैभन्दा धेरै २६ अर्ब २१ करोड रुपैयाँ बराबरको कर्जा प्रबाह गरेको छ । जवकी यो अवधिमा सो बैंकको निक्षेप ६ अर्ब ६२ करोड रुपैयाले घटेको छ ।

त्यस्तै कृषि विकास बैंकको पनि चार महिनामा १२ अर्ब २५ करोड रुपैयाँले निक्षेप घटेपनि उसले १५ अर्ब ४१ करोड रुपैयाँ कर्जा बढाएको देखिएको छ । यो अवधिमा सवैभन्दा बढी निक्षेप राष्ट्रिय बाणिज्य बैंकको घटेको छ । सो बैंकले चार महिनामा ३२ अर्ब ५५ करोड रुपैयाँ बराबरको निक्षेप गुमाएपनि ९ अर्ब ८ करोड रुपैयाँ बराबरको कर्जा प्रबाह गरेको छ ।

बैंकहरुमध्ये सवैभन्दा दुरदर्शी बैंकमा सनराइज बैंक देखिएको छ । सो बैंकले चार महिनामा १८ अर्ब रुपैयाँ निक्षेप थपेको छ भने १९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रबाह गरेको छ । त्यस्तै हिमालयन बैकले निक्षेप १६ र कर्जा १९, सानिमाले १० र ११ एनएमबी बैंकले पनि १४ र १६ अर्व रुपैयाँ निक्षेप र कर्जा प्रबाह गरेका छन् ।

यो उनीहरुले देखाएएको दुरदर्शीता हो । यस अवधिमा फाइदा मात्र खोज्ने र अदुरदर्शी निर्णय लिने बैंकहरुमा ग्लोवल आइएमई बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक र स्ट्यान्डर्ड चार्टड बैंक देखिएको छ ।

चार महिनामा बाणिज्य बैंकहरुको निक्षेप र कर्जा प्रबाहको बृद्धि रकम

 

वि.सं.२०७८ मंसिर ३ शुक्रवार १५:१४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...